फोरेक्स जापानको दशै तिहार बम्पर कलिङ कार्डदेखि दुई लाख येनसम्म

1 October, 2019 14:14 | जापान | comments | 31350 Views

जापानबाट नेपाल पैसा पठाउने सरल तथा छिटो सेवा प्रदान गर्दै आएको रेमिटयान्स कम्पनी फोरेक्स जापानले नेपालीहरुको महान चाड दशै तथा तिहारको अवसर पारेर विशेष बम्पर उपहार योजना सार्वजानिक गरेको छ ।

फोरेक्स जापान रेमिटयान्सका म्यानेजर पन्चबीर चौधरीका अनुसार जापानभरिका कम्पनी प्रतिनिधि तथा फरेक्स जापानको कार्यालयबाट दशै, तिहार, तथा छठ पर्वको समयसम्म पैठा पठाउने ग्राहकहरुलाई विशेष उपहार घोषणा गरेको हो ।

ads ads

आगामी नोभेम्वर २ तारिकसम्म नेपाल पैसा पठाउनेहरुका लागि दैनिक दुई जनालाई दुई हजार येनको नेपाल फोन गर्न तथा व्यालेन्स ट्रान्सफर गर्न मिल्ने कलिङ कार्ड उपहार प्रदान गर्ने जनाएको छ । यस्तै हरेक हप्ता दुई जनालाई दश हजार येन नगद उपहार प्रदान गर्ने जनाएको छ ।

अर्को भाग्यशाली उपहार अन्तर्गगत दशै, तिहार तथा छठभरि पैसा पठाउने मध्ये एक जनालाई नगद दुई लाख येन उपहार प्रदान गर्ने जनाएको छ । गोलाप्रथाद्धारा सार्वजानिक गरिने विजेताको छनौट पैसा पठाएको दिनको भोलिपल्ट सार्वजानिक गरिने बताइएको छ ।

नेपालमा आफ्नै आइपे कम्पनीको साझेदार र विश्वका ठूला कम्पनीहरुको साझेदारमा कारोबार गर्दै आइरहेको कम्पनीले जापान भर आफ्नो विभिन्न शाखा कार्यालय तथा एजेन्सीहरु मार्फत कारोबार गर्दै आइरहेको छ । नेपालका बैंक तथा आठहजार भन्दा बढी सेवा काउन्टरबाट भुक्तानी गर्दै आइरहेको रेमिट कम्पनीले हरेक बैंक खातामा पनि १० मिनेट भित्र भुक्तानी गर्ने दाबि गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More