फ्रान्समा कोविड–१९ को उपचारमा मलेरियाको औषधि प्रतिबन्धित

28 May, 2020 18:01 | विश्व समाचार | comments | 29400 Views

फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि औलोका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो ।

फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो । अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ ।

  

साथै, विश्व स्वास्थ्य संगठनले सोमबार घोषणा गरेझैं फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोविड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

कोरोनाभाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।

बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोविड–१९ का बिरामीलाई हाइड्रोक्लोरोक्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको थियो ।

तर यस औषधिका समर्थकहरु पनि थुप्रै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहनु भएको छ । दुबै देशमा कोरोना संक्रमितको संख्या बढी छ ।

कोरोना संक्रमितलाई मलेरियाको औषधि घातक- मृत्युदर बढी, हृदयघातको जोखिम उच्च

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More