बंगलादेशका राष्ट्रपति पोखरामा यस्ता छन् कार्यक्रम

14 November, 2019 14:03 |कर्पोरेट/पर्यटन | comments | 6000 Views

    नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम छ । चार घण्टाको पोखरा बसाईका क्रममा उहाँलाई फेवातालमा डुंगा सयर गराउने कार्यक्रम छ ।

    adsads

    नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पुग्ने उहाँको सुरक्षालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नुहुनेछ ।

    राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।

    एयरपोर्टबाट राष्ट्रपति हमिद लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गरेपछि फेवातालमा उनले डुंगा सयर गर्ने कार्यक्रम छ । केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

    रुपाकोटमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्द नेपालीलगायत पनि रुपाकोट जाने कार्यक्रम छ । राष्ट्रपति हमिदको पोखरा भ्रमण पूरै अनौपचारिक हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More