बंगलादेशी राष्ट्रपति राजनीतिक भेटघाटमा व्यस्त

13 November, 2019 16:34 |राजनीति | comments | 4800 Views

    नेपालको चारदिने भ्रमणमा रहनुभएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार विहान अध्यक्ष प्रचण्ड र राष्ट्रपति होटल म्यारियटमा भेटवार्ता भएको हो ।

    adsads

    प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटनुभएको थियो । यसैगरी बुधबार २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ ।

    दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गर्नुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More