बक्सअफिसमा भिड्दै पूर्व प्रेमी-प्रेमिका ऋतिक र कंगना, कसले मार्ला बाजी ?

15 May, 2019 17:33 | कला/मनोरन्जन | comments | 21900 Views

बलिउड सुपरस्टार ऋतिक रोशन र कंगना रनौतद्धारा अभिनित फिल्म बक्सअफिसमा संगै भिडन्त गर्न लागेका छन् । उनीहरु दुई पूर्व प्रेमी प्रेमिका भएकाले उनीहरुको झगडाले बलिउड मिडियामा चर्चा हुने गरेको छ ।

adsads

अहिले त यस भिडन्तले झनै मिडिया नतात्के कुनै दुईमत छैन । बेला बेलामा कंगनाले ऋतिकको बारेमा निकै आलोचना गर्ने गरेकी पाईन्छ । यस्तैमा अब यी दुबैले अभिनय गरेका सिनेमा बक्सअफिसमा जुँध्ने भएपछि त झन गसिप नबन्ने कुरै छैन । यस विषयलाई लिएर धेरै दर्शकको चासो बनेको छ कि कसले माला बाजी ?

केहीदिन पहिले जुन २६ को डेटमा कंगना रनौत र राजकुमार राव अभिनीत सिनेमा रिलिज हुने भएकाले ऋतिकले सुपर ३० को रिलिज पोस्टपोण्ड गरेको समाचार बलिउड मिडियाले प्रकाशन गरेका थिए । त्यसको केहीदिन पछि सुपर ३० निर्माण कम्पनीले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै एकै मितिमा दुई सिनेमा रिलिज गर्दा दुबै सिनेमालाई घाटा भएपनि आफुहरुले पहिले नै यो रिलिज मिति पक्का गरेकाले सुपर ३० सोही मितीमा रिलिज हुने जनाएको छ ।

सोहि कारण कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्कापक्की भएको छ । यी दुवै सिनेमा जुलाई २६ मा रिलिज हुँदैछन् ।

‘मेन्टल है क्या’ सिनेमा निर्माण कम्पनी बालाजी टेलिफिल्म्सले व्यापरिक कोणलाई हेर्दै सिनेमा जुलाई २६ मा रिलिज गर्ने फैसला लिइएको जनाएको छ ।

‘मेन्टल है क्या’ नाम तथा सार्वजनिक पोस्टरका कारण विवादित रहँदै आएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!