बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा

3 September, 2020 22:13 | खेल | comments | 25350 Views

नेपाल बक्सिङ सङ्घले बक्सिङका प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरेको छ । सङ्घले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो ।

सङ्घका प्रवक्ता श्याम अवालेका अनुसार सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको अवालेले जानकारी दिनुभयो ।

बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गर्नुभएको छ ।

  

यसअघि १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गर्नुभएको थियो । –––

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More