बच्चाहरुलाई झगडा गर्न दिनु सहि कि गलत ?

7 July, 2019 16:02 |बिचित्र | comments | 32250 Views

    घरमा बालबच्चा आपसमा झगडा गर्छन् । दाजु–भाई, दिदी–बहिनीबीच सानोतिनो कुरामा मनमुटाव हुन्छ ।

    adsads
    उनीहरु एकअर्कासँग झगडा गर्छन् कुटाकुट गर्छन्,रुन्छन्,घुक्र्याउँछन्,त्यसपछि उनीहरु आफै सम्हालिन्छन् ।

    कसैले फकाउन पर्दैन, कसैले फुल्याउनु पर्दैन । आफै सम्हालिन्छन् । पुन उनीहरु एकअर्कासँग बोल्छन् । घुलमिल हुन्छन् । खेल्न थाल्छन् । रमाउन थाल्छन् । खेल्दाखेल्दै उनीहरुबीच मतान्तर हुन्छ । फेरी नोकझोक सुरु हुन्छ । एकले अर्कालाई आरोप लगाउन थाल्छन् । एकले अर्कालाई गाली गर्न थाल्छन् । उनीहरुमा यो उपक्रम दोहोरिरहन्छ ।

    हामी आमाबुवा के गर्छौ ?

    हामीलाई थाहा छ, लडाई(झगडा ठिक होइन । मिलेर बस्नुपर्छ । ज्ञानी हुनुपर्छ । के आज तपाईं बच्चाजस्तै झगडा गर्नुहुन्छ रु के तपाईं अघिको सबै सत्रुता भुलेर पुन हार्दिकतासाथ मिल्नुहुन्छ ?

    पक्कै सक्नुहुन्न । किनभने तपाईंलाई थाहा छ, झगडा गर्नु ठिक होइन । मिल्नुपर्छ । मनभित्र जतिसुकै पीडा भएपनि, जतिसुकै बिरोध भएपनि तपाईं चुपचाप सहेर बस्नुहुन्छ । साथीले चित्त दुखाउने पो हो कि, साथीले नराम्रो पो मान्ने हो कि भनेर कतिपय विमती हुँदाहुँदै पनि तपाईं आफ्नो तर्क राख्नुहुन्न । बरु चुपचाप स्विकारोक्तीको टाउको हल्लाउनुहुन्छ ।

    यसको अर्थ के भने हामी मनको कुरा गुम्साएर राख्छौ । मनमनै अरुलाई सत्तेसराप गर्छौ । मनमनै अरुलाई गाली गर्छौ । तर, खुलेर आफुलाई चित्त नबुझेको कुरा भन्दैनौ । यसको अर्थ हामी नाटक गर्छौ ।

    जबकी बच्चाहरु नाटक गर्न जान्दैनन् । उनीहरु जे हो, त्यही भन्छन् । जे गर्नुपर्छ, त्यही गर्छन् । आफुलाई ढाकछोप गर्दैनन् । त्यसैले मिलेर खेल्दाखेल्दै कुनै साथीले कुनै कुरा बिगारमा बच्चाले साथी भनेर छुट दिदैन । तुरुन्त प्रतिक्रिया जनाउँछ ।

    मानौ खेल्दाखेल्दै साथीले कही गल्ती गर्‍यो तब उनले तुरुन्तै भन्छन् कि, ‘तिमीले झेल गर्‍यौ ।’ यसै बिषयमा उनीहरु भनाभन पर्छ । झगडा गर्छन् । रुन्छन् । तर, पछि आफै सम्हालिन्छन् । पुन मिल्छन् । जब मिल्छन्, त्यसअघिको द्वेष, घृणा, रिस सबै पखालिएको हुन्छ । उनीहरुको मित्रता यसरी जोडिन्छ कि, त्यसमा कुनै स्वार्थ र संशय हुँदैन ।

    हामी भने बाहिर बाहिर मिल्छौ । भित्र भित्र एकअर्कालाई सिध्याउने खेल रचिरहेका हुन्छौ । त्यही कारण हामी खुसी हुँदैनौ । मित्रतामा पनि हामीलाई आनन्द हुँदैन । जबकी एउटा बच्चा जब मिल्छन् र खेल्छन्, उनीहरु उन्मुक्त रमाइरहेका हुन्छन् ।

    बालापनको सौन्दर्य
    तपाईं आँखा चिम्लेर सम्झनुहोस् त, आज जीवनलाई पछाडि फर्केर हेर्दा तपाईंलाई के कुराको याद आउँछ ? के कुराले तपाईं उद्वेलित हुनुहुन्छ ? के कुरा सम्झेर तपाईं रोमाञ्चक हुनुहुन्छ ?

    बाल्यकालमा चुपचाप लागेको ? बाल्यकालमा ज्ञानी भएर बसेको ?

    होइन, बाल्यकालमा गरेको फटाई, धुत्र्याई, नोकझोक, झगडा, लुछाचुडी । यीनै कुरा सम्झेर तपाईं आज आफ्नो बाल्यकालमा र्फकन चाहनुहुन्छ । बाल्यकालमा आफ्ना दाजुभाई दिदीबहिनीलाई दुःख दिएको, खानेकुरा खोसेर वा लुकाएर खाएको, लुगाको निहुँमा झगडा गरेको, खेल्दाखेल्दै कुटाकुट गरेको स्मरण गर्नुहोस् त, तपाईंको मन यसै–यसै रोमाञ्चित हुनपुग्छ । यदि त्यसबेला हामीलाई झगडा गर्न नदिएको भए ? खेलौना चोर्न र लुकाउन नदिएको भए ? खानेकुरा खोस्न नदिएको भए ? आज बाल्यकालको त्यो स्मरण हामीसँग रहँन्थ्यो र ?

    साना बालबच्चाहरु दाजुभाई, दिदीबहिनीमा आफुआफु लडाई झगडा गर्छन् । हामीलाई थाहा छैन, यो वालशुलभ प्रवृत्ति हो । वालापनको सौन्दर्य पनि हो ।

    बाल्यकालको झगडा फाइदा पनि

    लडाई(झगडा नराम्रो हो । यसले सही नतिजा दिदैन । हामी यसै भन्छौ । तर, मनमा तुष राखिएर, मनमा अनेकौ कुष्ठा, रिस(राग राखेर गरिएको झगडाले नराम्रो नतिजा दिने हो ।

    सामान्य कुरामा विमती भएर भनाभन हुनु । कुटाकुट गर्नु । रुनु कराउनु । यी सबै सामान्य हुन् । यस्तो लडाई झगडाले उनीहरुमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका दिलाउँछ । साथै आफ्नो कमजोरी पनि औल्याउने मौका पाउँछ । जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उनले मलाई गाली गर्न थाल्छ । यसको मतलब के भने, मैले गरेको काम अरुलाई मन परेको छैन । मैले गरेको काम सबैको लागि राम्रो हुन सकेको छैन । त्यही कारण उनीहरुले यसमा चित्त बुझाएनन् ।

    यस किसिमको लडाई झगडाले उनीहरु थप माझिदै जान्छन् । परिस्कृत हुँदै जान्छन् । प्रकृतिले सायद त्यही कारण बाल्यकालको झगडालाई स्वभाविक बनाइदिएको हो, जसले बालबच्चालाई थप माझिने मौका मिल्छ ।

    जब बच्चाहरु आपसमा झगडा गर्छन्, तब उनीहरु तर्क पनि गरिरहेका हुन्छन् । उनीहरुले आफ्नो कुरा सही हो भन्नेर पुष्टि गर्ने यत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ ।

    उनीहरु एकअर्कालाई कुटाकुट गर्छन् । रुन्छन् । तब मन सफा हुन्छ । अघिसम्मको रिसराग पखालिन्छ । यो पनि एक किसिको फाइदाजनक अभ्यास नै हो । मनमा कहिलेसम्म रिस र राग बोकेर हिँड्ने ? कहिलेसम्म कुष्ठा पाल्ने ?

    जब बच्चा रुन्छन्, उनीहरुलाई फकाउनु पर्दैन । केही समयपछि आफै सम्मालिन्छन् । यसको अर्थ उनीहरुले आफ्नो मनलाई आफै सम्झाउँछन् । कन्भेन्स गर्छन् । यसले पनि उनीहरुलाई भावनात्मक रुपमा बलियो बनाउँछ । त्यसैले बाल्यकालमा बच्चाहरु झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!