बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । गत साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगातार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्र्ब बराबर रहेको छ ।
नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ । त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।

बिहीबारको कारोवारअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु एक हजार ३४० रहेको छ । नेप्सेमा सो कम्पनीको कूल एक करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु दुई खर्ब एक अर्ब बराबर पुगेको छ ।
यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको नेप्सेमा कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।
तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पु¥याएको त्यस कम्पनीको दोस्रो बजारमा कूल १० करोड कित्ता शेयर सूचीकृत छ । बिहीबारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ५१५ मा खरिद बिक्री भए । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५१ अर्ब ५० करोड बराबर रहेको छ ।
चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता रु एक हजार १०९ पुगेको त्यस बैंकको दोस्रो बजारमा कूल १३ करोड ४८ लाख एक हजार ५८४ कित्ता शेयर सूचीकृत छ । बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रहेको छ ।
बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता रु तीन हजार ४४६ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ । कोषको कूल बजार पूँजीकरण रु एक खर्ब तीन अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रहेको छ ।
नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बिहीबारको कारोवारका आधारमा सो बैंकको शेयर प्रतिकित्ता रु ८८७ पुगेको छ । दोस्रो बजारमा कूूल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब दुई अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ पुगेको छ ।
सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस बैंक पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कूल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो बैंकको कूल बजार पूँजीकरण रु ७६ अर्ब ९६ करोड ४३ लाख एक हजार ९५२ रहेको छ । बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो बैंकको कूल बजार पूँजीकरण रु ७१ अर्ब ८१ करोड ९९ लाख सात हजार ९६८ रहेको छ ।
यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । सो बैंकको रु ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० बराबरको बजार पूँजीकरण छ । नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कूल बजार पूँजीकरण रु ७१ अर्ब ५४ करोड ४० लाख बराबर रहेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
- यौन दुव्र्यवहारको आरोप लागेका भारतका एक मन्त्रीद्वारा राजीनामा
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


