प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे

  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे

‘बजेटले सत्ता पक्ष र विपक्षमा विभेद् गरेको छैन’

3 July, 2019 10:50 | प्रदेश , प्रदेश १ | comments | 11700 Views

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम बजेट विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको सत्तापक्ष र विपक्षमा कुनै विभेद् नगरेको बताउनुभएको छ ।मन्त्रालयसँग उठेका प्रश्नका जवाफ दिने क्रममा प्रदेशसभाको मंगलबारको बैठकमा मन्त्री घिमिरेले मन्त्रालयले कुनै एक भूभागलाई मात्र नभई समग्र प्रदेशको विकासमा बजेट विनियोजन गरिएको प्रष्ट पार्दै सबै योजना विधि र प्रणालीबाट ल्याइएकोले शङ्का नगर्न आग्रह गर्नुभयो ।

adsads

उहाँले प्रत्येक जिल्लामा रङ्गशाला निर्माण र प्रत्येक स्थानीय तहमा खेलमैदान बनाउनेअनुरूप बजेट विनियोजन भएकाले ‘स्वस्थ जीवन’ अभियान सञ्चालन गर्ने र प्रत्येक जिल्लाका अस्पतालको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो । धनकुटामा शिक्षालय स्थापना र विराटनगरमा अत्याधुनिक प्रयोगशाला बनाउने लक्ष्य सरकारले लिएकाले छुवाछुत विरुद्धको अभियान र दलितलाई सीपमूलक तालीम प्रदान गरी व्यावसायी बनाउनेमा उहाँले जोड दिनुभयो ।

उहाँले मन्त्रालयलाई आवश्यक परेको कर्मचारी भर्नामा निष्पक्ष, भनसुनरहित प्रक्रियाबाट गरेको जानकारी दिनुभयो । छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, प्रतापप्रकाश हाङ्गाम, राजन राई र लीला सुब्बाले मन्त्रालयसँग आवद्ध धेरै योजना अस्पष्ट र अर्थहीन भएकाले सच्याउन आग्रह गर्नुभयो ।

जन्मका आधारमा नागरिकता माग

सदस्य कृष्णकुमारी राईले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानकर्षण गराउनुभयो । सदस्य जुलेफुल खातुनले किसानलाई खेतीको चटारो भइरहेका बेला रासायनिक मलको अभाव देखिएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य विजयकुमार विश्वासले मोरङको ग्रामथानमा देखिएको बिजुली समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही असार १८ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश नं १ : बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!