बजेट छर्ने प्रचलनले समृद्धि आउँदैन : मन्त्री जम्मकट्टेल

16 November, 2018 09:46 | प्रदेश , प्रदेश ३ | comments | 20550 Views

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विकासको नाममा बजेट छर्ने प्रचलनले देशमा समृद्धि नआउने बताउनुभएको छ ।

बिहिबार विश्व दण्डहीनता दिवसमा फ्रिडम फोरमले हेटौँडामा आयोजना गरेको कार्यक्रममा मन्त्री जम्मकट्टेलले हाल विकासको नाममा चारैतिर बजेट छर्ने प्रचलनले गर्दा उन्नति गर्न नसकेको बताउनुभयो ।

adsads

हेटौडामा सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै उहाँले पत्रकारलाई यसको निम्ति दबाब सिर्जना हुने गरी कलम चलाउन आग्रह गर्नुभयो । उहाँले एक अर्को प्रसङ्गमा सञ्चार ऐन प्रदेशसभामा पेश भएकोले संशोधन गर्नुपर्ने विषयमा बसेर छलफल गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का महासचिव कृष्णसारु मगर र महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले मुलुकी संहितामा संशोधन गर्नुपर्ने विषयमा आफूहरुले सुझाव दिएकोले अझै छलफल गर्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा देशभर मारिएका ३६ पत्रकारको विषयमा बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!