बझाङमा पहिरो : १८ घर पुरियो सातजना वेपत्ता

4 July, 2020 13:07 | जल/वातावरण/स्वास्थ्य | comments | 28800 Views

बझाङमा शुक्रबार रातिको अविरल वर्षासंगैको पहिरोले जिल्लाको केदारस्यूँ गाउँपालिका ८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोमा बगेका छन् ।

राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । स्थानीय सुरेश जेठाराले पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता छन् । पहिरोमा परी बेपत्ता हुनेमा ४४ वर्षकी रामदेवी जेठारा, उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीया छोरा प्रयाग जेठारा रहेका छन् भने नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० वर्षीय दले जेठारा रहेको बताउनुभयो ।

  

उहाँले भन्नुभयो- “सबैभन्दा माथि मेरो घर भएकाले पहिरो आएको थाहा पाएपछि कराएर गाउँमा सबैलाई भाग्न भनेपछि सबै भागेका थिए तर बेपत्ता भएका चार परिवारको घर गाउँको सबैभन्दा तल भएकाले घरबाट भागदौड गर्दा पहिरोले बगाएको होला ।”

अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुईवटा खोलामा पानी बढी भएकाले प्रहरीसमेत जान सकेको छैन । प्रहरी नायब उपरीक्षक गणेश बमसहित सदरमुकाम चैनपुरबाट सशस्त्र प्रहरीको टोलीसमेत त्यस क्षेत्रमा गएको छ ।

पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको स्थानीय नरेश जेठाराले जानकारी दिनुभयो । क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More