बन्ने भो नागढुङ्गा सुरुङमार्ग, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो ।
प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताउनुभयो । करीब रु छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त
- द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी
- सीमा अतिक्रमण हुन बचाएको विद्यालयकै जग्गाधनी पूर्जा छैन
- नयाँ दिल्लीमा कारखाना आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
- तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण
- एकै दिनमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
- बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ
- नेपाल भ्रमण वर्षका लागि पाँच हजारजनालाई पर्यटकीय तालीम
- जति नै पीडित भए पनि नारी मन- पलाउँछ माया अनि फेर्छन् बयान
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत-पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


