बमको हल्लापछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

17 March, 2016 20:05 | विश्व समाचार | comments | 78900 Views

विमानमा बम राखेको हल्लापछि एयर इन्डियाको विमान बुधबार राति थाइल्याण्डको विमानस्थलमा आकस्मिक अवतरण गराइएको खबर छ ।

Air_india_319

सो विमानमा बम रहेको भनी अज्ञात व्यक्तिले सूचना दिएपछि उक्त विमानलाई थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । उक्त विमानस्थलको एक छेउमा विमान राखेर बडो होसियारीसाथ यात्रुहरुलाई बाहिर निकालिएको थियो । तर सो विमानमा बम भने नरहेको पाइएको छ ।

  

सो विमान २३१ जना यात्रु लिएर नयाँ दिल्लीबाट उडेको थियो । थाई अधिकारीहरुले यसरी अवतरण गराइएको विमानमा त्यस्तो कुनै पनि सङ्कास्पद वस्तु नपाइएको जनाएका छन् ।उनीहरुका अनुसार यात्रुलाई उद्वारका क्रममा केही घाइते पनि भएका छन् । तर उनीहरुको सामान्य उपचारपछि अर्काे उडानका लागि तयार भएका थिए ।

तर एकजनालाई भने मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पनि उनीहरुको भनाई छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More