बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ

8 December, 2019 19:16 | राजनीति | comments | 16050 Views

गत भदौमा झापा जिल्लाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराउने व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले झापा शिवसताक्षी नपा वडा नं ४ पाँचगाछी बस्ने वर्ष ३७ को यामकुमार गिरीलाई पक्राउ गरेको मशाखाकाका सम्पर्क अधिकृत प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताउनुभएको छ ।

adsads

नेकपा विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर इञ्चार्ज समेत रहेका गिरीले भदौ २३ गते मध्यरातमा बम बिस्फोट गराएका थिए । निजलाई महाशाखाको टोलीले मंसिर २० गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More