बर्दिबासको जंगलमा बन्दुकको एम्बुस- एपीएफ टोलीद्वारा बरामद

11 September, 2019 21:18 | जन सरोकार | comments | 7200 Views

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ८ बाट भाद्र २४ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले सो ठाउँको सतखोली जंगलमा धराप थापेको अवस्थामा रहेको उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

ads ads

बरामद बन्दुक एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । सैगरी दाङ जिल्लाको राजापुर गाँउपालिका ७ बाट भाद्र २५ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप ४ वटा, खाली केप ८ वटा तथा फलामको टुक्रा २ वटा बरामद गरेको छ ।

सो ठाउँमा रहेको सुकैया जंगलमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुनपत्थरीबाट खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

त्यस्तै सिराहा जिल्लाको वरियारपट्टी गाँउपालिका ३ बाट एपीएफ टोलीले भाद्र २४ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाको धनगढीमाई नगरपालिका १ बस्ने राकेश यादव छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेको निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियारपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा र स्पास्मो ट्याब्लेट दुईवटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

उता पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका १० स्थित पुर्व–पश्चिम लोकमार्गबाट भाद्र २५ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३१ गुल्म हेक्वा पुर्वी–नवलपरासीबाट खटिएको एपीएफ टोलीले बुटवलबाट काठमाडौंतर्फ आउदै गरेको ना. ५ ख २४६४ नम्वरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त लत्ताकपडा फेला परेपछि बरामद गरिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More