बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

4 October, 2018 11:27 | जन सरोकार | comments | 6150 Views

बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।

adsads

निकुञ्जभित्र महेन्द्र राजमार्ग किनारमा सिनोको गन्ध आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

अन्दाजी १७ वर्षको उक्त बाघको शव परीक्षण गर्दा बुढो भएर कालगतिले मरेको बताइएको छ । बाघको शरीर पूर्णरुपमा सडिसकेकाले एकहप्ता अघि नै मरेको हुनसक्ने निुकञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटेबाघ रहेको तथ्याङ्क छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!