बलात्कारको आरोप लागेका नेपालीलाई अमेरिकाले गर्यो अस्ट्रेलिया सुपुर्दगी

5 May, 2019 18:44 | प्रबास | comments | 54900 Views

बलात्कारको आरोप लागेपछि अस्ट्रेलियाबाट अमेरिका पुगेका एक नेपालीलाई अमेरिकाले अस्ट्रेलियालाई सुपुदर्गी गरेको छ । उनलाई सिड्नीको पारामाटास्थित अदालतमा पेश गरिने न्यूसाउथवेल्स प्रहरीले जनाएको छ ।

adsads

सिड्नीमा छुट्टी मनाउन आएका ती अभियुक्तले २१ वर्षीय महिलालाई यौन तथा शारीरिक शोषण गरेको आरोप लगाइएको थियो । आरोप लागेको केही समयमैँ उनले अस्ट्रेलिया छाडेका थिए ।

३५ वर्षीय नेपालीलाई सन् २०१७ को जुन महिनामा सिड्नीको कार्लटनस्थित अपार्टमेन्ट युनिटमा २१ वर्षीया अस्ट्रेलियन महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

स्वदेश सन्देश डटकमका अनुसार अस्ट्रेलियाको प्रहरीले फेडेरल वारेन्ट जारी गरेपछि ती आरोपित नेपालीलाई गत जनवरीमा न्यूयोर्कमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । पक्राउपश्चात् उनलाई न्यूयोर्कबाट लस एन्जल्स लगियो जहाँबाट न्यूसाउथवेल्सका प्रहरीले गत बिहीबार हिरासतमा लिएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!