बलात्कार गरेको आरोपमा माकलबारीबाट दुई जना पक्राउ

6 July, 2020 11:27 | जन सरोकार | comments | 31050 Views

काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका– ६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।

अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More