बलात्कार प्रकरणमा मुछिएका महरालाई अदालतमा उपस्थित गराइयो

15 October, 2019 16:11 | राजनीति | comments | 21000 Views

संसद सचिवालयको स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ पर्नुभएका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो । त्यसयता प्रहरी हिरासतमा रहेका उहाँलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।

  

काठमाडौं महानगरीय प्रहरी परिसर स्रोतका अनुसार प्राविधिक परीक्षण र घटनाको अनुसन्धन लगभग पूरा भएको छ । अब महराको बयान लिन मात्रै बाँकी छ । प्राविधिक अनुसन्धानको पक्ष लगभग टुंगिएको छ ।

प्रचण्डको त्यो एउटा आदेश जसले चकनाचुर भयो महराको दाउ

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको स्थल (पीडित महिला)को कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो ।

महराको डिएनए समेत प्रहरीले परिक्षण गरिसकेको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर महराको रिपोर्ट समेत आइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । उता पीडित महिलाले भने स्वास्थ्य परिक्षण गर्न मानेकी छैनन् । प्रहरी स्रोतका अनुसार ति महिलाले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेकी छैनन् भने बेलाबेला बयान फर्ने गरेको बताइएको छ ।

के हो घटनाको वास्तविकता हेर्नुहोस् यो भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More