बलिउडमा यसरी स्थापित भइन् दीपिका पादुकोण

23 March, 2015 11:38 |कला/मनोरन्जन , वलिउड | comments | 23250 Views

    सात वर्षअघि फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी दीपीका पादुकोण छोटो समयमै करिअरको उच्च विन्दुमा पुग्न सफल भइन् । हुन त उनको डेब्यु नै जबर्जस्त रह्यो ।

    adsads

    dipika

    पहिलो फिल्ममा उनले बलिउडकै बादशाह मानिने शाहरुख खानसँग स्क्रिन सेयर गर्ने मौका मात्रै पाइनन् ,बिरलै मिल्ने पहिलो फिल्ममै दाहोरो भूमिकामा देखिन पाइन् । फिल्म पनि चल्यो ,नायिका पनि त्यसपछि चलेको चल्यै भइन् । सन् २००६ मै कन्नड फिल्म ऐश्वर्या मार्फत फिल्म क्षेत्रमा आएकी भए पनि दीपिकाको बलिउड इन्ट्री सहज भने रहेन । खासमा उनको पहिलो फिल्म निर्माण हुन सकेन ।

    संगीत चोरीको कथालाई लिएर बनाउन लागिएको फिल्म पाइरेटमा प्रीयदर्शनले दीपिकालाई ब्रेक दिनेवाला थिए । पछि दीपिकालाई सञ्जयलीला भान्सालीले बलिउड डेब्यु गराउने गरी नयाँ फिल्मको घोषणा गरे,साँवरिया ।

    तर,यसपटक फिल्म त बन्यो,दीपिका अभागी रहिन् । उनको रोल पछि सञ्जयले अनिल कपुरपुत्री सोनामलाई डेब्यु गराए । यही कारण आजसम्म पनि यी दुई नायिकाबीच सुमधुर सम्बन्ध छैन । रणबीर कपुरसँग जोडी जमाएर साँवरिया खेल्ने दीपिकाको सपना पूरा नभए पनि फराह खानले तेस्रोपटकको प्रयासमा दीपिकालाई ओम शान्ति ओमबाट डेब्यु गराउन सफल भइन् ।

    आखिर दीपिकाको पहिलो फिल्म साँवरियासँगै रिजिल भयो । सावँरिया ओम शान्ति ओमसँगको प्रतिष्पर्धामा नराम्रोसँग पछारियो । डेब्यु फिल्ममा अभिनय गर्न दिए पनि फराहले दीपिकालाई डबिङ भने गराएनन् ।
    -कान्तिपुर दैनिक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!