बलिउड गायिका नेहा कक्कड बलिउड गायिका नेहा कक्कड

  • बलिउड गायिका नेहा कक्कड
  • बलिउड गायिका नेहा कक्कड
  • बलिउड गायिका नेहा कक्कड
  • बलिउड गायिका नेहा कक्कड
  • बलिउड गायिका नेहा कक्कड
  • बलिउड गायिका नेहा कक्कड

बलिउड गायिका नेहा कक्कडले ठमेलको एलओडी तताउने

21 May, 2019 15:05 | कला/मनोरन्जन , वलिउड | comments | 17850 Views

बलिउड गायिका नेहा कक्कड

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमाताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

adsads

पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिवार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार कन्सर्टमा षसउका कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको इन्डियन आईडलका टप टेन प्रतिस्पर्धीहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समूहले नेहा कक्कड लाइभमा आफ्नो शानदार प्रस्तुति दिनेछन् । ढुंगेलका अनुसार नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ ।

को हुन् नेहा कक्कड ?

इन्डियन आईडल सिजन-२ मार्फत प्रप्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा प्रारम्भ गर्ने गायिका हुने नेहा कक्कड । उक्त प्रतियोगिताको सहभागितासंगै कक्कडका बलिउड यात्रा समेत प्रारम्भ भएको थियो । सांगीतिक परिवारमा हुर्किएकी कक्कडले पछि इन्डियन आईडल सिजन–१० मा निर्णायकको रुपमा समेत रहिन् । त्यसबाहेक उनले सारेगमपसहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको रुपमा सहभागिता जनाइसकेकी छिन् ।

सन् २००८ मै पहिलो एल्बम रक स्टार सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छिन् । उनका लोकप्रिय गीतहरुमा इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आँख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर, सावान आया है, धटिङ नाच, लण्डन थुमक्डा, दो पेग मार, मैं तेरा ब्वाइफ्रेण्ड आदि छन् ।

बलिउड गायिका शालमलीले नेपालमा लाइभ कन्सर्ट गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बलिउड गायिका नेहा कक्कड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!