बलिउड स्टार आमिर खान मुख्य भूमिकाको रिमेकमा अब हलिउडमा

19 August, 2018 14:26 | कला/मनोरन्जन , वलिउड | comments | 66300 Views

ठग्स अफ हिन्दोस्तानपछि आमिर खानले कुन फिल्म गर्लान् भन्ने विषय अहिले बलिउडमा चर्चामा छ । आमिरले ‘कपुर एण्ड सन्स’ निर्देशक शकुन बत्राको फिल्ममा आचार्य रजनीश (ओशो)को भूमिकामा देखिने कुरा थियो ।

पछिल्लो समय भने नयाँ खुलासा भएको छ । पछिल्लो खुलासाअनुसार आमिर एक हलिउड फिल्मको रिमेकमा काम गर्नेछन् । आमिरले शकुन बत्राको ओशोको विषयमा बन्ने फिल्म केही समय पर सारेका छन् । यसको टिमले आमिरको सल्लाहपछि फिल्मको स्क्रिप्टमा केही सुधार गर्न लागेको बताइएको छ । आमिरलाई फिल्मको कथाको केही भाग उचित नलागेपछि उनले यसलाई परिवर्तन गर्न सल्लाह दिएका थिए ।

  

आमिरले पछिल्लो समय हलिउड फिल्मको हिन्दी रिमेकमा चासो दिइरहेको बताइएको छ । आमिर आफ्नो प्रोजेक्टको बारेमा त्यतिबेलासम्म कुरा गर्दैनन् जबसम्म पूरै कुरा फाइनल हुँदैन । त्यसैले यो फिल्मको नाम सार्वजनिक भइसकेको छैन । सबथोक फाइनल भएपछि नाम घोषणा गरिनेछ । अहिले आमिरको टिम फिल्मको अधिकार लिने विषयमा छलफल गर्दैछ ।

ठग बन्दै आमिर खान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More