बलिङमा करण र ब्याटिङमा बिनोद चम्किए- हङकङमाथि नेपालको चार विकेटको जीत

6 October, 2019 22:33 |खेल | comments | 4650 Views

    ओमानमा जारी ओमान पाँचदेशीय टी २० सिरिजको पहिलो खेलमा नेपालले चिरपरिचित्र प्रतिद्वन्द्वी हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो ।

    adsads

    १२६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका तर्फबाट कङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले चार विकेट लिएका थिए भने ब्याटिङतर्फ बिनोद भण्डारीले ५८ रनको सानदार पारी खेले ।

    कप्तान पारस खड्का शून्यमै आउट भएपछि दवावमा परेको नेपालका लागि बिनोदले अविजित पारी खेल्दै १९ ओभरमै विजयी लक्ष्य पूरा गराएका थिए ।

    पारससंगै पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

    ३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए । विनोदलाई आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै साथ दिए । आरिफ नेपालको स्कोर ९७ हुँदा आरिफ आउट भएपछि विनोदले सोमपाल कामीले १३ बलमा १३ रन बनाए ।

    नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो । विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!