पक्राउपक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

22 October, 2019 00:40 |जन सरोकार | comments | 3900 Views

    पक्राउ

    बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    adsads

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का ९सार्की० को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।

    चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पक्राउ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!