बससँग ठोक्किएर माइक्रो खोलामा खस्यो, १२ जना घाइते

22 July, 2019 14:21 | जन सरोकार | comments | 5400 Views

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

adsads

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ ।

सिनामङ्गलमा माइक्रोबस र बस ठोक्किँदा १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!