बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा

15 May, 2019 19:34 | राजनीति | comments | 16200 Views

१० वर्षे सशस्त्र जनयुद्धका क्रममा कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जाजरकोटको जुनिचाँदे गाविसमा अहिलेसम्म सरकारी अधिकारी पुगेका थिएनन् । सोही गाउँमा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ ।

adsads

यो त्यही गाविस हो जहाँ बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको छ र चोरी–निकासी व्यापक भएको भन्दै सरकारी टोलीसंग स्थानीयले आग्रहसमेत गरे ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो । प्रजिअ ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन् ।

गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्वारा सञ्चालन गरिएको एकीकृत बृहत् घुम्ती शिविरमा नागरिकता वितरण गरिएको हो ।

उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । शिविरमा एक हजार ९३६ भेडा÷बाख्रा, २३३ गाई÷गोरु, १६१ भैंसी, राँगो, १० कुकुर र २५ घोडा–खच्चड गरी जम्मा दुई हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ ।

त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यसअघि जाजरकोटको बारेकोट, कुशे, शिवालय र जुनिचाँदे गाउँपालिकामा बृहत् शिविर भइसकेको छ । चारवटा स्थानीय तहबाट छ हजार ५५९ जनाले नागरिकता र फोटोसहितको मतदाता नामावली सेवा लिएका छन् ।

सदरमुकाबाट मात्र नागरिकता र फोटोसहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दूरदराजका स्थानीयवासीले घरआँगनमा सेवा पाएपछि खुशी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जुनिचाँदेबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्दछ ।

पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए । टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए । दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!