बाँकेका अधिकांश खेत बाँझै

12 February, 2016 19:52 | अर्थ , मध्य पश्चिमाञ्चल | comments | 251550 Views

landयो वर्ष हिउँदे वर्षा नभएपछि बाँकेका अधिकांश खेत बाँझै छन् । हिउँदे वर्षाको अभावमा उर्वर भूमि बाँझो भएपछि बाँकेका कृषक भोकमरी हुने डरले चिन्तित बनेका छन् ।

वर्षा नहुँदा हिउँदे बाली गहुँ, मसुरो र तोरी पनि अधिकांश कृषकले लगाउन पाएनन् । २८ प्रतिशत मात्र सिँचाई सुविधा रहेकोे जिल्लामा धान उत्पादन पनि घटेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । वर्षे र हिउँदे दुवै खेती बिग्रिएपछि अधिकांश कृषकलाई के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।

बाँके खजुराखुर्द–९ का कृषक शत्रुधन अहिरले यसपालीको लामो खडेरीले धान र गहुँ खेती हुन नसकेको दुःखेसो पोख्नुभयो । वर्खामा धानलाई पर्याप्त पानी नहुँदा सुकेर गएको र हिउँदमा त गहुँ खेती नै लगाउन नसकिएको बताउदै उहाँले सिँचाई सुविधा र तत्कालका लागि कृषकहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

  

सरकारले सहयोग नगरे खाद्यान्न अपुग हुने उहाँले बताउनुभयो । यसैबीच, जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत हश्मुल्ला खाँका अनुसार यसवर्ष १६ प्रतिशतले धान उत्पादनमा ह्रास आएको र गहुँ खेतीसमेत सिँचाई अभावका कारण अन्न उत्पादनमा कमी आउने देखिएको छ ।

अघिल्ला वर्षहरुमा बाँके जिल्लालाई पुगेर खाद्यान्न अन्यत्र पठाउनका लागि उत्पादन हुने गरेको भए पनि यसपाली त्यो अवस्था नरहेको खाँले जानकारी दिनुभयो ।

५२ हजार ८ सय ३८ हेक्टर खेतीयोग्य जमिन रहेको बाँकेमा ३६ हजार ५ सय हेक्टरमा मुख्य बालीका रूपमा धान र १९ हजार हेक्टरमा गहुँ लगाइने गरे पनि यसपाली दुवै मौसममा वर्षा नहुँदा यो क्षेत्रमा उत्पादन घट्दो क्रममा छ ।

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाई आयोजनाको निर्माण सम्पन्न नहुन्जेलसम्म अवस्था यस्तै रहने कृषकको भनाई छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More