बाँके आक्रमणका दोषीलाई कारबाही नगरे कडा आन्दोलनको चेतावनी

13 September, 2019 21:14 | राजनीति | comments | 17400 Views

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो जागरण अभियानका क्रममा बाँकेमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेको घटनाको बिरोधमा प्रदर्शन गर्ने भएको छ । सो आक्रमणमा परी कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही घाइते भएका छन् ।

भदौ २६ गते बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा कार्यक्रम भइरहेका बेला नेकपाका वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए ।

  

सो घटनाको नेपाली कांग्रेसले निन्दा र भत्र्सना गर्दै यसको बिरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आन्दोलन अन्तर्गत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले घटनामा संलग्नहरुलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषण गर्ने चेतावनी दिनुभयो ।

बिहिबार कांग्रेस सचिवालयले एक विज्ञप्ति जारी गरी नेकपाका खजुरा गापा वडा नम्बर १ का वडाध्यक्ष सुनिल मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदै भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवम् सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

नेपाली काङ्ग्रेस बाँकेकी सभापति कोइरालामाथि आक्रमण गर्ने तीनजना पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More