बागलुङ जिल्लामा समानुपातिक तर्फ काँग्रेस पहिलो

12 December, 2017 15:27 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 65400 Views

प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।

प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ ।

adsads
काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् ।

समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएरको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा(माले)ले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १५१ मत खसेको थियो ।

जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको काँग्रेसले यसपालि विरासत जोगाउन सकेन ।

निर्वाचन टर्दैः संविधान संशोधनपछि मात्रै चुनावको मिति घोषणा गर्ने कांगेस र मोर्चा बीच समझदारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!