टाइफाइड टाइफाइड

  • टाइफाइड
  • टाइफाइड
  • टाइफाइड
  • टाइफाइड
  • टाइफाइड

बाजुराको मिगु गाउँ भाइरल ज्वरोको जोखिममा

24 September, 2019 13:30 | जल/वातावरण/स्वास्थ्य | comments | 21000 Views

टाइफाइड

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ ।

गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताउनुभयोे । सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उहाँको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताउनुभयो ।

  

मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि खेतीपाती भित्र्याउनसम्म समस्या भएको छ भने बालबालिका विद्यालय जान नसकेका स्थानीयवासीले बताएका छन् । बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खनाखान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

भाइरल ज्वरो र टाउको दुखाइले बालबालिका विद्यालय जान नसक्दा घरमै थला परेका कारण विद्यालयसमेत बन्द गर्नुपरेकोे हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले जानकारी दिनुभयो । विद्यालयमा १३२ सम्म बालबालिका पढ्न आउने गरेका तर अहिले १५ देखि २० सम्म पनि मुस्किलले आउने गर्दा विद्यालय बन्द हुने अवस्था आएको प्रधानाध्यापक चन्दको भनाइ छ ।

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टाइफाइड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More