मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु

बाजुरामा भाइरल ज्वरोको प्रकोप : एक जनाको मृत्यु

5 May, 2019 13:35 | जन सरोकार | comments | 10050 Views

मृत्यु

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो ।

adsads

मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु भएको हो ।हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिनुभयो ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मौसमी रोगका बिरामी बढे

जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताउनुभयो । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् ।

एकसातादेखि मौसमी रोगका बिरामी उपचारका लागि आउन थालेका छन् । हिजोआज दैनिक १५० झाडापखाल, रुघाखोकी र ज्वरोका बिरामी आइरहेका छन् । मौसमी बिरामी बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो । यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम गर्न र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँच दिनमा विस्तारै निको हुँदै जान्छ ।

झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल (जीवाणु) को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधि खानुपर्छ । “धेरैजसो बिरामीले नजिकको औषधि पसलबाट अनुमानको भरमा औषधि खाएको देखिन्छ, यसो गर्नु उचित नभएको स्वास्थ्यकर्मीको भनाइ छ । सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरसफाइ र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

भाइरल ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!