बाटोमा अलपत्र युवतीलाई घर पुर्याइदिने भन्दै ट्रकमा राखेर सामूहिक बलात्कार

2 August, 2020 11:45 | जन सरोकार | comments | 21150 Views

रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अभियुक्तहरुले पीडित युवतीलाई ट्रकमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको हो ।

  

रौतहटका प्रहरी उपरीक्षक रविराजका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ ।

बरामद ट्रक इलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताउनुभयो । पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More