बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुकबाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक

  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक
  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक
  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक
  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक
  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक
  • बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक

बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुकमा डेढ करोड मानिस प्रभावित

20 August, 2017 13:51 |पत्रपत्रिका | comments | 128700 Views

    बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक

    दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका हुन् ।

    adsads

    बाढी–पहिरोमा यस क्षेत्रका पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी)ले जनाएको छ ।

    भारतका चार राज्य अति प्रभावित
    मनसुनी वर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा धेरै क्षति पुर्‍याएको छ । अविरल बाढीले भारतको उत्तर प्रदेश, बिहार, आसाम र पश्चिम बंगाल सबैभन्दा प्रभावित छन् । वर्षाले उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँ डुबेका छन् । बाढीका कारण उत्तर प्रदेशमा विभिन्न जिल्लाका ५५ जनाको मृत्यु भएको छ । बाढीले सो प्रदेशमा एक लाख नागरिक विस्थापित हुनुका साथै झन्डै २० लाख प्रभावित बनेका छन् ।

    बाढीले बिहार राज्यमा एक सय ५३ जनाको मृत्यु भएको छ । बिहारमा सन् २००८ पछिकै ठूलो बाढी आएकोे भारतीय अधिकारीले बताएका छन् । बाढीका कारण बिहारका झन्डै चार लाख मानिस शिविरमा बस्न बाध्य छन् भने १० लाखभन्दा बढी प्रभावित छन् । बिहारमा बाढी प्रभावितको उद्धारका लागि पाँच हजार आकस्मिक सेवाका अधिकारी र दुई हजार सेना परिचालित गरिएको उच्च विपद् व्यवस्थापन निकायका अधिकारी अनिरुद्ध कुमारले बताए । बाढीका कारण पूर्वी राज्य आसाममा ६० जनाको मृत्यु भएको छ भने करिब चार लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य छन् । बाढीका कारण सो राज्यमा एक सातादेखि रेल सेवा अवरुद्ध छ । बाढीले पश्चिम बंगालमा ५२ जनाको मृत्यु भएको छ भने दश लाख मानिस प्रभावित बनेका छन् ।

    भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुन सुरु नहुँदै तीन सय ५० जनाको मृत्यु भएको थियो । भारतमा बाढीले १५ वर्षयताकै ठूलो क्षति पुर्‍याएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    विनाशकारी बाढीका कारण दक्षिण एसियाका नेपाल, भारत र बंगलादेशमा खाद्यान्न संकट निम्तिने रेडक्रसको चेतावनी

    मानवीय संकटको खतरा
    बाढी र पहिरोका कारण यस क्षेत्रमा सबैभन्दा खराब मानवीय संकट निम्तिन सक्ने अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी)ले चेतावनी दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न संकट र रोग तथा महामारी फैलिने खतरा बढेको आइएफआरसीले जनाएको छ । नेपाल र बंगलादेशको एकतिहाइभन्दा बढी भागमा बाढी गएको आइएफआरसी एसिया प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक मार्टिन फलरले बताए । त्यस्तै, भारतका चारवटा राज्यका एक करोड १० लाख मानिस बाढीबाट प्रभावित भएको उनले जानकारी दिए । ‘बाढीले दशौँ हजार मानिस प्रभावित भएका छन् । वर्षौंपछि यस क्षेत्रमा चाँडै नै मानवीय संकट उत्पन्न हुँदै छ,’ उनले भने ।

    बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय पहल चाल्नुपर्ने उनले बताए । ‘विनाशकारी बाढीबाट प्रभावित मानिसको बढ्दो आवश्यकता पूरा गर्न तत्काल कदम चाल्नु आवश्यक देखिन्छ,’ फलरले भने । बाढी प्रभावित देशमा खाद्य संकटको जोखिम बढेको उनले बताए । ‘नेपाल, बंगलादेश र भारतका लाखौँ मानिसले गम्भीर खाद्यान्न अभावको सामान गरेका छन् । प्रदूषित पानीका कारण प्रभावित मानिसहरूमा रोगको जोखिम बढेको छ,’ उनले भने ।

    बंगलादेशमा बाढीको तह उच्च बिन्दुमा
    बंगलादेशमा बाढीको तह उच्च बिन्दुमा पुगेको रेकर्ड गरिएको छ । भारतमा उर्लिएका केही नदीनाला बंगलादेशतर्फ बगेकाले आगामी दिन बंगलादेशका विभिन्न भाग थप डुबानमा पर्न सक्ने खतरा औँल्याइएको छ ।

    बाढीले बंगलादेशमा एक सयजनाको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । पानीको मात्रा निकै बढेकाले प्रभावित क्षेत्रका समुदायको उद्धार तथा राहत वितरणमा समस्या भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी)ले जनाएको छ । यसैबीच, बाढीले प्रभावित क्षेत्रको अवस्था निकै निराशाजनक बनाएको सेभ दी चिल्ड्रेनका निर्देशक मार्क पियर्सले बताए ।

    आजको नयाँ पत्रिकामा खबर छ ।

    दक्षिण एसियामा बाढी-पहिरोमा परि ६ सय जनाको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!