एनआरएनए एनआरएनए

  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए

बाढी-पहिरो पीडितलाई सहयोग गर्न एनआरएनएको आव्हान

16 July, 2019 14:07 | एन आर एन न्युज | comments | 8100 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई यस दुखद घडीमा आआफ्नो स्थानबाट सहयोग गर्नको लागि हार्दिक अपिल गरेको छ ।

संघका प्रवक्ता भुषण घिमिरेले एक विज्ञप्ति जारी गरी विपत्तिको यो घटनाले संघलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना र घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

adsads

विज्ञप्तिमा यस संघ प्राकृतिक विपद्मा परी साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनःस्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!