सहरी क्षेत्र डुबानमा पर्ने चार कारण सहरी क्षेत्र डुबानमा पर्ने चार कारण

  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
  • सहरी क्षेत्र डुबानमा पर्ने चार कारण

बाढी-पहिरो र ढुबानबाट ९० हजार घरपरिवार प्रभावित

18 July, 2019 18:01 | जल/वातावरण/स्वास्थ्य | comments | 7200 Views

मनसुन शुरु भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ ।

adsads

आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ ।

प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक एकजना विशेषज्ञले काम गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ ।

बुधवारसम्म नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको छ । यसका अलावा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ ।

उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताउनुभयो ।

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सहरी क्षेत्र डुबानमा पर्ने चार कारण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!