बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप दैनिक ९-१० जना अस्पताल भर्ना

17 July, 2019 15:10 | जल/वातावरण/स्वास्थ्य | comments | 9150 Views

केही दिन अघिको अविरल वर्षापछि आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुमा अर्को प्रकोप बढेको छ । प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप बढेको छ ।

adsads
एक सातामा ७० जना सर्पदंशको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालका अनुसार, एक सातामा सर्पदंशका करिब ७० बिरामी भर्ना भएका छन् । तर, उनीहरूमध्ये कसैको पनि मृत्यु भएको छैन । दैनिक ९–१० जना सर्पदंशका बिरामी भर्ना हुन आउने गरेका छन् ।

प्रदेश १ अन्तर्गतका अन्य स्वास्थ्य संस्थामा पनि सर्पदंशका बिरामी केही दिनदेखि बढेका छन् । बाढीका कारण सर्पदंशका बिरामी बढेसँगै अस्पतालहरूमा औषधिको माग पनि बढेको छ । औषधिको मागलाई ध्यानमा राखेर २५ सय एन्टिस्नेक भेनम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मौज्दात राखिएको छ ।

केन्द्रका प्रमुख भरत शाहले यो वर्षका लागि आएको ५ हजार एन्टिस्नेक भेनम प्रदेशका विभिन्न सर्पदंश उपचार केन्द्रमा पठाइ सकिएकाले उपचारमा औषधि अभाव नरहेको जानकारी दिनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!