बारपाकमा पहिरो बारपाकमा पहिरो

  • बारपाकमा पहिरो
  • बारपाकमा पहिरो
  • बारपाकमा पहिरो

बारपाकमा पहिरो : एक घर बगायो, २९ घर जोखिममा

22 August, 2019 15:13 | जन सरोकार | comments | 19350 Views

बारपाकमा पहिरो

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा बुधबार राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

adsads

स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पुर्याएको छ ।पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उहाँले बताउनुभयो । “उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ”, उहाँले भन्नुभयो, “थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्” वडाध्यक्ष गुरुङले भन्नुभयो, “पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।”

त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो । गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उहाँले जानकारी दिनुभयो । त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

पहिरो गएको दुई साता पछि खानी तथा भूगर्भ विभागको टोली गुल्मीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बारपाकमा पहिरो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More