बारापर्सामा वैशाख २१ बाट घर निर्माणको थालनी हुन्छ : उपप्रम पोखरेल

29 April, 2019 18:15 | राजनीति | comments | 20700 Views

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।

ads ads

“हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ”, उहाँले भन्नुभयो ।सङ्घीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नं २ को ससरकारले यस काममा विमति नजनाउने विश्वास व्यक्त गदै उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं– २ को मुख्य सचिवको सयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको ससमेत सहयोग हुने बताउनुभयो । यही वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनीयर संलग्न हुने जानकारी उहाँले दिनुभयो ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिनुभयो । उहाँले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बबनाइने बताउनुभयो । यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिनुभएको थियो । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई रु ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।

हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि सेनालाई ८५ करोड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More