बारा-पर्साका हावाहुरी पीडितलाई वर्षाको चिन्ता समयमै घर बन्ने सम्भावना कति ?

7 April, 2019 19:32 | जन सरोकार | comments | 11250 Views

एक हप्ताअघि बारा र पर्सामा आएको वितण्डाकारी हावाहुरीबाट पीडितहरु पुनःस्थापनाको राम्रो बन्दोबस्त नहुँदा थप प्रभावित बनेका छन् । नजिकिंदो वर्षासंगै उनीहरुमा थप त्रास फैलिएको छ ।

चैत १७ गते साँझ आएको हावाहुरीले पर्सा र बारा जिल्ला नराम्ररी प्रभावित भयो । विपदमा परी पर्साका तीनजनासहित २८ जनाले ज्यान गुमाए । हावाहुरीले पर्सामा ५ सय ९ र बारामा १ हजार ८ सय ९५ घरधुरीमा क्षति पुगेको प्रशासनको तथ्याङ्क छ ।

  

शनिबार राति पानी परेपछि हावाहुरी प्रभावितको विचल्ली भएको छ । प्रभावित क्षेत्रमा त्रिपाल लगाइएको भए पनि सबै प्रभावितलाई पुग्ने किसिमले छैन ।

जमिन उठाएर अग्लो बनाएर नलगाइएकोले कतिपयको टेन्टभित्र पानी पसेको छ । घाइते भएकाहरु उपचारपछि घर फर्किन थालेका छन् । कतिपय घरमा सबै सदस्यहरु एउटै त्रिपालभित्र अटेका छैनन् । कतिपयले घरमा लिएर गएको राहतको सामाग्री जोगाउन मुश्किल छ भने केही परिवार पानी पर्दा त्रिपाल ओढेर सुत्न बाध्य भए ।

पानी परेपछि प्रभावित क्षेत्रमा लामखुट्टेको आतंक बढेको छ । भलुही भरवलियाकै सीता साहले पानी परेपछि बढेको लामखुट्टे आतंकले राति निदाउन नसकेको बताइन् । बासस्थानको समस्याले बालबालिका र वृद्धवृद्धालाई बढी सताएको छ ।

सरकारले हावाहुरीको वितण्डाबाट घरबारविहीन बनेका पीडितहरुका लागि घर निर्माण गर्ने वाचा गरिसकेको छ । पहिले केन्द्र र प्रदेश सरकारले घर बनाउन तछाड मछाड गरे पनि पछि समन्वय गरेर त्यसको जिम्मा सेनालाई दिने निर्णय भइसकेको छ । प्रदेश सरकारले पनि त्यसमा सहमति जनाएको छ । त्यसका लागि सरकारले तयारी गरिरहेको छ ।

हावाहुरी प्रभावितहरु वर्षा अघि नै सरकारले घर बनाइदिउन् भन्ने चाहन्छन् । फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल पालले वर्षालाई नै मध्यनजर गरेर दाताहरुलाई त्रिपाल भन्दा पनि जस्तापाता सहयोग गर्न आग्रह गरिरहेको बताउँछन् ।

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More