बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न

  • बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न निर्देशन

7 November, 2018 14:10 | कर्पोरेट/पर्यटन | comments | 11100 Views

मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिको उपस्थितिमा मंगलबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

adsads

बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सम्बन्धमा गत पुस १३ गते गठन गरेको विज्ञ समूह र पुनः निर्माण प्राधिकरणबाट यही कात्तिक १८ गते गठन गरिएको विज्ञ समितिले ‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव दिएका थिए ।

ती प्रतिवेदनका आधारमा पहिलेको गुम्बज शैलीमा पुनः विचार गरी आवश्यक कार्य अघि बढाउन बैठकले निर्णय गरेको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।

बैठकले रानीपोखरीमा रहेको ‘जमलेश्वर’ मन्दिर र ‘विष्णुतीर्थ’को पुनः निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको संयोजनमा काम गर्ने पनि जनाएको छ ।

प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कङ्क्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख गरिएको छ ।

पाँच करोड खर्च, रानीपोखरी र बालगोपालेश्वर अस्तित्वको संकटमा (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!