बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी

  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी
  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी
  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी
  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी
  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी
  • बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी

बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी

20 May, 2019 11:50 | पत्रपत्रिका | comments | 9150 Views

नक्सालको मुख्य भवन भूकम्पले क्षतिग्रस्त, नयाँ भवनमा अहिलेसम्म सरकारी परियोजना बस्दै आएकोमा अब कमलपोखरीको प्रहरीको कार्यालय बस्दै, बालबालिका चार वर्षदेखि टहरोमा

बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी

भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ ।

adsads

शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।

कमलपोखरीबाट वृत्त कार्यालय हटाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ,’ उनले भने ।

भवन रहेको जग्गाको क्षेत्रफल चार रोपनीभन्दा धेरै छ । २८ वर्षदेखि त्यो भवनमा शिक्षा मन्त्रालयले शिक्षाका लागि खाद्यान्न परियोजना चलाउँदै आएको छ । बालबालिकालाई टहरोमा राखेर संगठनको भवनमा प्रहरी कार्यालय सार्नु गलत भएको बाल संगठनका कोषाध्यक्ष रामकृष्ण कँडेलले बताए । ‘शिक्षा मन्त्रालयले बहुदल आएदेखि नै हाम्रो भवन प्रयोग ग-यो । यसबापत संगठनलाई मन्त्रालयले केही दिएको छैन,’ उनले भने ।

मालीगाउँका स्थानीय पवन केसीले गृह मन्त्रालयको निर्देशनपछि शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन भएको बाल मन्दिरको भवनमा कमलपोखरी वृत्त सार्न लागिएको बताए । यसका लागि गृहसचिव प्रेमकुमार राईले परियोजना भक्तपुरको ठिमीमा सार्न परियोजना प्रमुखलाई निर्देशन दिइसकेको उनको भनाइ छ । उनले भने, ‘परियोजना भएको भवनमा कमलपोखरी वृत्त सार्न गृहसचिवले नै निर्देशन दिएको सूचना आएको छ । त्यसलगत्तै हामीले यस क्षेत्रका सांसद गगन थापा, नेता डा. राजन भट्टराईलगायत नेतालाई ध्यानाकर्षण गराएका छौँ ।’

टहरोमा बालबालिकाको जीवन कष्टकर
बालमन्दिरमा अहिले एक सय २८ बालबालिका छन् । एक महिनादेखि तीन वर्ष उमेर समूहका ४० बालबालिका आश्रित छन् । तीनदेखि १० वर्ष उमेर समूहका बालक र तीनदेखि १६ वर्ष उमेर समूहका बालिका ८८ जना छन् । सबैलाई प्रि–फ्याबबाट निर्मित टहरोमा राखिएको छ । टहरोमा गर्मी र चिसोको सन्तुलन मिलाउन नसक्दा साना उमेरका शिशु बचाउन निकै मुस्किल भएको कोषाध्यक्ष कँडेलको भनाइ छ ।

‘बालमन्दिर रहेको मूल भवन भूकम्पले भत्कायो । बालबालिकालाई त्यहाँ राख्ने कुरो भएन । बालमन्दिरपरिसरमा खाली जग्गा थियो । त्यसैलाई म्यानेज गरिएको छ,’ उनले भने, ‘टहरामा चिसो र गर्मीको सन्तुलन मिलाउन निक्कै गाह्रो हुनेरहेछ । यसले स–साना शिशुलाई निकै असर गर्छ । हाम्रो यो अवस्थालाई बुझिदिनुप-यो ।’

कँडेलका अनुसार भूकम्पले बालमन्दिरको भवन भत्किएपछि शिक्षाका लागि खाद्यान्न परियोजना राखिएको भवन खाली गराउन संगठनका प्रतिनिधि शिक्षा मन्त्रालय पुगे । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाइयो । मन्त्री श्रेष्ठले भवन खाली गर्ने वचन त दिए, तर कार्यान्वयन कहिल्यै भएन ।

कमलपोखरीको कार्यालय त्यहाँ सार्ने निर्णय भएको छ
उत्तमराज सुवेदी, प्रमुख
महानगरीय प्रहरी परिसर, काठमाडौं
कमलपोखरीबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले यस्तो अवस्था आयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ ।

बालमन्दिरको भवनमा प्रहरी कार्यालय सार्नु गलत
रामकृष्ण कँडेल कोषाध्यक्ष, बाल संगठन
परियोजना रहेको भवन बालसंगठनको नाममा छ । भवन बनेको जग्गा पनि संगठनकै नाममा छ । मुलुकभरका अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्ने उद्देश्यले बालमन्दिरले नै त्यो भवन बनाएको थियो । पछि शिक्षा मन्त्रालयले सोही परियोजना चलायो । भूकम्पले बालमन्दिरको मूल भवन भत्काएपछि हामीले त्यहाँ सर्ने भन्यौँ । यसका लागि धेरै पहल भए पनि सकिएन । अहिले त्यहाँ नेपाल प्रहरीको कमलपोखरी वृत्त सार्ने तयारी भएको सूचना आएको छ । यो गलत हो ।

आजको नयाँ पत्रिकामा खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!