बालीमा झल्किएको नेपाली कला (फोटोहरुसहित)

11 August, 2019 12:44 | कर्पोरेट/पर्यटन | comments | 9900 Views

शहरलाई सिँगार्न कलाको कति महत्व हुन्छ भन्ने कुरा इण्डोनेशियाको बालीले प्रष्ट्याउँछ । चोकचोकमा देखिएका भीमकाय मूर्तिहरुले जोकोहीलाई प्रफुल्लित बनाउँछ ।

adsads

त्यही कलाले सिङ्गारिएको इण्डोनेशियाको पर्यटकीय नगरी बालीमा गएको हप्ता भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा नेपाली कलाकारले दरिलो उपस्थिति देखाएका छन् । ४० देशका कलाकारसामु नेपाली चित्रकारले उक्त महोत्सवलाई नेपाली कला र संस्कृति विश्वसामु चिनाउने अवसरको रुपमा सदुपयोग गरे । कलाकार एनबी गुरुङले भन्नुभयो, “त्यो देख्दा खुला सङग्रहालय झैँ लाग्ने, बाली जिउँदो कलाको अनुपम उदाहरण हो ।”

सही सोच र व्यवस्थापन गर्ने हो भने नेपालका शहर पनि कोहीभन्दा कम नहुने भन्दै कलाकारहरुले आफ्नो संस्कृति विश्वसामु चिनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सिक्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष गुरुङले थप्नुभयो, “नेपाल पर्यटन बोर्डबाट पर्चाहरु लिएर गएका थियौँ, एक त हामीले कलामार्फत नेपाली संस्कृतिलाई चिनाउने प्रयास ग¥यौँ, अर्काे नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा नेपालको पर्यटन प्रवद्र्धनका लागि महोत्सवलाई भरपुर उपयोग ग¥यौँ ।”

गएको हप्ता बाह्य कला क्षेत्रको प्रत्यक्ष अनुभव गर्न नेपाली कलाकारको टोली इण्डोनेशियाको पर्यटकीय शहर बाली पुगेको थियो । जलरङ्ग महोत्सवमा भाग लिएर स्वतफूर्तरुपमा नेपाली टोलीले कलामार्फत नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेका थिए । विश्वका कलाकारबीच नेपालीको पहिचान स्थापित गराउने प्रयास गरेको बताउँदै कलाकार डिबी राईले स्थलगतरुपमै नेपाली चित्र बनाएर प्रदर्शनसमेत गरेको उल्लेख गर्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङको ‘झारकोट’ आफैँमा सुन्दर छ । यहाँको दृश्यले जो कोहीलाई लोभ्याउँछ । त्यही दृश्यलाई कलाकार एनबी गुरुङले बालीस्थित क्यान्भासमा उतारेर नेपाली सौन्दर्यलाई विश्वसामु परिचित गराउनुभयो । उक्त चित्र उत्कृष्ट लागेर फिलिपिनी कला पारखी सिसिल स्प्रितुले झण्डै नेपाली रुपैयाँ २४ हजार (स्थानीय २८ लाख) मा किन्नुभयो । कलाकार राईले उतार्नुभएको काठमाडौँस्थित असन इन्द्रचोकको दृश्यलाई सिहान फर्निडेले नेपाली रुपैयाँ ४२ हजारमा खरीद गर्नुभयो ।

चित्रकारको टोलीले बालीस्थित ऐतिहासिक धरोहर, मठमन्दिर तथा मनोरम स्थानलाई आफ्नो क्यानभासमा उनेरसमेत ल्याएका छन् । नेपाली कलाकार जुन–जुन ठाउँमा कार्यक्रम गरे पनि नेपाली कला र पर्यटनलाई प्रचारात्मक रूपमा जोडेर काम गरेको कलाकार राईले बताउनुभयो ।

उक्त महोत्सवमा नेपालबाट एनबी गुरुङ, दिपेन्द्रमान बनेपाली, केशवराज खनाल, भीम श्रेष्ठ, डिबी राई, विपना महर्जन, विनोदकुमार गुप्ता, बाबु साइला, सुदीप आले, कान्छाकाजी भाषीमा र सपना शाह सहभागी हुनुभएको थियो । कलाकारले नेपाली ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा रहनसहनका चित्र प्रदर्शनमा राखेका थिए ।

चित्रकारले नेपाली कलाको प्रवद्र्धन गर्दै कला पर्यटनको विकासका लागि विभिन्न देशमा पुगेर कार्यक्रम गर्दै आएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य कलाकारहरु विभिन्न देशमा गएर चित्र बनाउँदा र विदेशी कलाकारहरु नेपालमा आएर काम गर्दा आपसमा संस्कृतिको आदान–प्रदानसँगै कला पर्यटन विकासमा टेवा पुग्ने र आपसी सम्बन्ध थप मजबुत हुने बताउनुहुन्छ ।

कलात्मक साधनस्रोतले नेपाल कमजोर छैन । तर, पनि यहाँका शहर अस्तव्यस्त देखिन्छ । कलाले नै देशमा महत्व बढाउँछ भन्ने कुरा बालीबाट सिक्न सकिने कलाकारले बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!