बालुवाटारको जग्गामा गलत भए कि जग्गा बेच्नेसंग क्षतिपूर्ति दिलाउनुपर्यो कि सरकारले दिनुपर्यो : अध्यक्ष भट्ट

12 May, 2019 13:53 | एन आर एन न्युज | comments | 82200 Views

बालुवाटार जग्गा प्रकरणमा मुछिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको बताउँदै यदि गलत ठहरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष भट्टले बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माणको अनुमति लिएर र भवन सम्पन्नको प्रमाणपत्र समेत लिइसकेको सम्पत्तिलाई अब कसरी गलत भन्ने भन्दै यदि त्यस्तो हो भने सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्नुभयो ।

adsads

सिडनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले कि त जग्गा बेच्ने व्यक्तिबाट क्षतिपूर्ति दिलाउनुपर्छ कि सरकार आफैंले क्षतिपूर्ति दिनुपबताउँदै भन्नुभयो क्याबिनेटबाट डिसिजन गराएरै लिएको चिज हो, फेरि आवश्यक पर्‍यो भने क्याबिनेटसम्म जान्छौं ।

सरकारको जग्गा बेच्ने मान्छे गलत हो नि त । कि सरकारले उसलाई कारबाही गरेर उसबाट हामीलाई क्षतिपूर्ति दिनुपर्‍यो । होइन, यो सरकारले लिन्छ, हामी नै यसको क्षतिपूर्ति तपाईंहरुलाई दिन्छौं भनेर दिनुपर्‍यो ।

यद्यपि अध्यक्ष भट्टले यसलाई ठूलो इस्यू नबनाइकन समाधानको दिशातर्फ अगाडि बढ्नुपर्ने बताए । यदि कुनै संयन्त्रमा गलत भएको भए सरकारले सुधार्नुपर्ने उनले जोड दिनुभयो ।

एनआरएनले ०७१ फागुन १५ गते भवन शिलन्यास गरेर ०७२ जेठ १४ गते ललिता निवास क्याम्पा भित्रको जग्गा खरिद गरेको थियो ।

कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा किनेको बताबताउनुभयो । उहाँ बालुवाटारको जग्गा खरिद र भवन निर्माणको प्रक्रियासम्म सक्रिय हुनुहुन्थ्यो ।

प्रत्येक प्रवासी नेपालीले समृद्ध मुलुक बनाउन शुरु गरौँ : भवन भट्ट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सरकार–विप्लव अनौपचारिक संवादमा

फेसबुक

सरकार–विप्लव अनौपचारिक संवादमा

ट्वीटर

सामाजिक सञ्जाल

More