‘बालुवाटारको जग्गामा चारतारे-लालतारे जो मुछिए पनि क्षतिपूर्ति नदिइने’

3 May, 2019 20:35 | राजनीति | comments | 16950 Views

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटार स्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरेको बताउनुभएको छ । उहाँले जग्गा प्रकरणमा चारतारे लालतारे जो भए पनि नछाडिने बताउनु भएको छ ।

adsads

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारमा खरीद गरेको जग्गा सरकारी भएको सार्वजनिक भएपछि यो विषयले ठूलो रुप लिइरहेका बेला सरकारी जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने उहाँले बताउनुभएको हो ।

मन्त्री बास्कोटाले भन्नुभयो जसले ठगी गरेको छ, उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सुवर्ण समशेरको हकमा पनि त्यही लागू हुन्छ । उहाँहरुको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यति हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आफूले धेरैपटक सरकारको धारणा स्पष्ट पारेको बताउँदै कोहीप्रति रिसइबी साँध्ने नभएर चारतारे–लालतारे जो कोही पर्नुभएको छ र तथ्य–प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन सक्दैनौँ ।

रोक्का भएन बालुवाटारको जग्गा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!