बालुवाटारबाट उठेको सरकारी जग्गा कब्जा प्रकरणपछि जुम्लामा फेला पर्यो यस्तो काण्ड

16 May, 2019 18:09 | जन सरोकार | comments | 15450 Views

प्रधानमन्त्री निवास परिसरको जग्गा राजनीतिक निर्णयका आधारमा भूमाफियाको कब्जामा परेको चर्चासंगै देशभरका सरकारी जग्गाको खोजी हुन थालेको छ । अहिले गाउँगाउँमा सरकारी जग्गाको खोजी गर्न स्थानीय नै सक्रिय भएका छन् ।

adsads

बालुवाटार जग्गापछि खुलामञ्चमा एक ठेकेदारले सटर हालेर भाडा उठाइरहेको प्रसंगले काठमाडौं यसररी ततायो कि जनता सडकमै आउन बाध्य भए र रातारात डोजर लगाएर सटर भत्काइयो । अहिले देशका विभिन्न जिल्लामा सरकारी जग्गा हडपिएका समाचारहरु सार्वजनिक भैरहेका छन् ।

यसै क्रममा जुम्लाका तत्कालीन मालपोत अधिकृतले ५ सय ९० रोपनी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ ।

अनलाइन खबरको समाचार अनुसार मालपोत अधिकृत जुम्लाको गुठिचौर गाउँपालिका ४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपाने । अहिले अवकाश पाएका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

चाउले हिमाल मुनिको कोल्टे गाउँबाट पश्चिममा रहेको भेडाबाख्रा अनुसन्धान कार्यक्रमको फार्ममा न्युजिल्याण्ड र अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका भेडा बाख्राबाट नश्ल सुधार गरिन्छ । राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साविक गुठिचौर गाविस( ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्ग मिटर ९५९० रोपनी० जग्गा न्यौपानेले निजी बनाइदिएका हुन् ।

मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी ९सीडीओ० भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका हुन् । पण्डित तिनै सिडिओ हुन् जसले सिराहामा पनि हडपिएको २१ विघा जग्गा सरकारको नाममा ल्याएका थिए । उनी २०७२ चैतमा जुम्लाका सिडिओ भएका थिए ।

गुठिचौरको सरकारी जग्गा व्यक्तिको बनाएको सूचना पाएपछि अनुसन्धान गरेर उनले फेला पारेको तथ्य चकित पार्ने खालका छन् ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी २०५३(०५४ सालमा गाउँमा नापी आउँदा त्यो जग्गा भेडाबाख्रा अनुसन्धान कार्यक्रमको नाममा नापी भएको बताउँदै ‘त्यसको केही वर्षपछि मालपोत अधिकृत गोविन्द न्यौपानेले नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरेर ३ लाख वर्गमिटर जग्गा आफ्ना श्रीमती, छोरी, छिमेकी र आफन्तको नाममा दर्ता गराएको र यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको जानकारी दिनुभएको छ ।

गुठिचौरको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा छानविन समिति गठन गरेका थिए ।

समितिमा सहायक वन अधिकृत श्यामलाल महत ९हाल स्वर्गीय०, नापी अधिकृत दामोदर वाग्ले, जिल्ला प्रहरी कार्यालयका एक अधिकृत र जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका नायब सुब्बा गरी पाँचजना थिए ।

उक्त समितिले स्थानीयहरु समेतको फिल्ड सर्जमिन र जोतभोग तथा प्रमाण अभिलेख अध्ययन गरेर जग्गा सार्वजनिक नै कायम हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको छ । त्यसको आधारमा तत्कालीन सिडिओ पण्डितले ५९० रोपनी रोक्का राखेर थप अनुसन्धानका लागि २०७३ माघमा काठमाडौं आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका थिए ।

आयोगले आफ्ना कर्मचारीहरु खटाएर स्थलगत अनुगमन पनि गर्‍यो, तर अहिलेसम्म छिनोफानो गरेको छैन । यसमा अझै अनुसन्धान जारी रहेको अख्तियारको भनाइ छ ।

भूमाफियाले कब्जा गरेको सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्दा प्रहरी नियन्त्रणमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More