बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारवाही माग

1 May, 2019 00:27 | राजनीति | comments | 10500 Views

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहोर्याएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्तिमार्फत सो प्रकरणको गहिरो छानबीन गरी दोषीलाई दण्डित गरिनुपनेमा जोड दिनुभएको छ ।

adsads

विज्ञप्तिमा भनिएको छ “बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढङ्गले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढङ्गले गरिने कर्म र प्रचारप्रति सजगताका लागि काङ्ग्रेस सबैमा अपिल गर्दछ’ छ ।

प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि नागरिकको सजगता, सञ्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दवाव र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गर्नुभएको छ ।

बालुवाटार जग्गा : सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!