नेपाली राष्ट्रिय सम्मेलन नेपाली राष्ट्रिय सम्मेलन

  • नेपाली राष्ट्रिय सम्मेलन
  • नेपाली राष्ट्रिय सम्मेलन
  • नेपाली राष्ट्रिय सम्मेलन
  • नेपाली राष्ट्रिय सम्मेलन
  • नेपाली राष्ट्रिय सम्मेलन
  • नेपाली राष्ट्रिय सम्मेलन

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी द्रुत गतिमा

1 June, 2019 10:45 | प्रबास | comments | 18600 Views

नेपाली राष्ट्रिय सम्मेलन विजय थापा वाशिंगटन डिसी – आगामी जुलाई ५ देखि ७ सम्म हुने मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलनको तयारी द्रुत गतिमा अगाडी बढेको छ । पहिलो नेपाली राष्ट्रिय सम्मेलन गत बर्ष सन् २०१८ मा शिकागोमा सफलतापूर्वक सम्पन्न भएको थियो भने यस पटक बाल्टिमोरमा दोश्रो नेपाली राष्ट्रिय सम्मेलन हुँदैछ ।

adsads

गत बर्ष ३ वटा संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका थिए भने यस पटक सम्मेलन एएनए, आन्मा, अनेसास केन्द्र र बानाले संयुक्त रुपमा आयोजनामा गर्ने भएको छ । गत मे ११ तारिखका दिन ४ वटै संस्था द्वारा संयुक्तरुपमा विज्ञप्ति निकाली नेपाली राष्ट्रिय सम्मेलनको आयोजना गरिने सार्वजनिक गरेका थिए ।

करिव एक महिनाको मात्र समय रहेकोले गत मे ३० का दिन सम्मेलनको तयारी बारेमा समितिबीच पहिलो पटक दूर संचार प्रणालीको माध्यमबाट बैठक बसी द्रुत रुपमा काम गर्नु पर्ने, सबै समुदायसंग पुग्नु पर्ने, प्रचार प्रसार गर्नु पर्ने लगायत विषयमा छलफल भएको थियो ।

सबैले प्रतिबद्धता जाहेर गरेका छन् । आयोजना गरिएको उक्त बैठकले समितिका पदाधिकारीले आफूले गर्नु पर्ने जिम्मेबारी तथा प्रगति विवरण सुनाएका थिए । सम्मेलन सभापति विजय श्रेष्ठको सभापतित्वमा दुर संचार प्रणाली मार्फत बैठक सम्पन्न भएको थियो ।

हाल सम्म २० वटा विभिन्न समितिहरु निर्माण भएका छन । डिसी मेट्रो क्षेत्रका करिव २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । सम्मेलन रेड लायन होटल नर्थ बाल्टिमोरमा हुनेछ भने कोठाहरु आरक्षण खुला गरिएको छ । साथै सम्मेलनमा सहभागी हुन् चाहनेहरुका लागि प्रक्रिया पनि सुरु गरिएको छ ।

उक्त दोश्रो नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्यदूत प्रेम राजा महत तथा बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । नेपाली राष्ट्रिय सम्मेलनका जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको मूल समिति समेत निर्माण गरिएको छ । जसमा एएनएकाअध्यक्ष मेदिनी अधिकारी, आन्माका अध्यक्ष बलराम पन्थी, एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, सम्मेलन सभापति विजय श्रेष्ठ, आन्माका महासचिव डा दिवाकर दाहाल, सिपीए लक्ष्मण प्रधान, बानाका अध्यक्ष सुबोध विलास पन्त, एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने, अनु श्रेष्ठ वन्त, लोक तिवारी, एएनएका महासचिव विजय भट्टराई, सरोज प्रजापति लगायत, क्रिस घिमिरे, कुलमणि आचार्य, एएनएसका वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरे तथा समिर महर्जन रहेका छन् ।

नेपाली राष्ट्रिय सम्मेलन बाल्टिमोरमा जुलाई ५ देखि ७ सम्म हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली राष्ट्रिय सम्मेलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!