बाह्रौं असारे महोत्सव असार १५ गते

18 June, 2015 19:54 | पश्चिमाञ्चल , मुख्य समाचार | comments | 58950 Views

123पोखरा पर्यटन परिषद्, बिरौटा क्लब, नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यही असार १५ गते पोखरा–१७ को राममन्दिर अगाडि १२औँ असारे महोत्सवको आयोजना गरिने भएको छ ।

‘हिलोमा एकपटक टेक्नु पर्दछ है’ भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त महोत्वसमा विभिन्न मनोरञ्जनात्मक तथा विविध प्रतियोगिताकोसमेत आयोजना गरिनेछ ।

महोत्सवमा असारे गीतसँगै रोपाइँ, विदेशी र नेपाली तथा विभिन्न समूहबीच रस्साकस्सी, माछा समाउने, स्वदेश, विदेशी तथा विद्यालय तहका विद्यार्थीबीच हिले दौडको आयोजना गरिनेछ ।

  

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई आकर्षक पुरस्कार वितरण गरिनेछ । महोत्सवमा आन्तरिक, बाह्य र स्थानीय गरी करिब १५ हजार जनाको सहभागिता रहनेछ ।

महोत्सव सफल बनाउन पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाको अध्यक्षतामा मूल समिति गठनसमेत गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More