बाह्र किलो चरेशसहित एकजना पक्राउ

20 February, 2020 23:04 | जन सरोकार | comments | 25200 Views

बाँकेको कोहलपुरमा प्रहरीले बिहिबार ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो ।

प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई पक्राउ गरेको इलाका प्रहरीर कार्यालय कोहलपुरले जनाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More