‘बा म भोकै छु’

20 July, 2019 13:10 | साहित्य | comments | 33900 Views

बा म भोकै छु
खाना खाको छैन बा
म थाकेको छु बा
मेरो रात रात हैन बा
मेरो निद निद हैन बा
मेरो खाना खाना हैन बा
बा म भोकै छु

मेरो पशिना र रगत एउटै हो बा
मेरो जिबन र जगत एउटै हो बा
बा म भोकै छु

जापान जापान हैन र छ बा
बिदेश को रगत र पशिना
ज़हर रहेछ बा
बा म भोकै छु

आमाले भात पकाउँदा
मिठो नहुँदा रोएको त्यो पल
स्कुल जादा हजुरसंग पैसा नदिंदा
रोएको त्यो पल
बा जिबन जिबन रहेन
बा म भोकै छु

बा मेरो निद केवल निद हैन
म बाच्नको लागि खान्छु बा
मेरो आँखा कालो छ
मेरो लुगा खुकुलो छ बा
मेरो पशिना ले जिउ भिजेको छ बा
बा म भोकै छु

बा मेरा रहर मेरा खुसी कहाँ छन् बा
बा मेरो उमेर मेरो समय आज कहाँ छ बा
बा म समय संग पछुताउछु
बा म एक्लो छु
म गलेको छु बा
म थाकेको छु
म जलेको छु बा
मेरो मन मन रहेन बा
मेरो तन तन रहेन बा
बाम भोकै छु।।

खेमराज ओझा
हाल :- टोकियो जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!